• २०८३ बैशाख ५ गते शनिवार

टिप्परको ठक्करबाट शिक्षकको मृत्यु, न्यायका निम्ति विद्यार्थीहरुको नाराजुलुस

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, बाँके । टिप्परको ठक्करबाट एक जना शिक्षक प्रधानाध्यापकको मृत्यु भएपछि बिद्यार्थीहरु आज आन्दोलनमा उत्रीएका छ्न । शुक्रबार साँझ नेपालगञ्ज उपमहनगरपालिका वडा नं २२ स्थित शान्ति चोक पुरैनीमा मोटरसाईकलमा कम्दीबाट फर्कदै गर्दा टिप्परले ठक्कर दिँदा भएको दुर्घटनामा ४७ वर्षीय रामदेव मण्डलको मृत्यु भएको थियो ।

साउथ प्वाइन्ट इग्लिस मिडियम स्कुलका प्रधानाध्यापक मण्डलको मृत्यु पछि चालकलाई कारबाहीको माग गर्दै बिद्यार्थी सडकमा विरोध सँगै टायर बालेर बाँकेको कम्दी चोकमा प्रदर्शन चक्काजाम गरेेेेका हुन । दुर्घटनामा परेका मण्डलको नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचार सम्भव नभएपछि लखनउ लैजाने क्रममा शुक्रबार साँझ बाटोमा नै मृत्यु भएको थियो । यस्तै दुर्घटनामा मण्डलकी १७ वर्षीया छोरी घाइते भएकी छन् ।

ठक्कर दिने टिप्परका चालक प्रहरी नियन्त्रणमा आइसकेको र मृतक परिवारसँगै सहमतिका लागि प्रयास जारी रहेको प्रहरीले बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस