• २०८३ बैशाख ९ गते बुधवार

भागरथी भट्टको हत्यारालाई तुरुन्त कारवाही गरः माधव-प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समुहले बैतडीकी किशोरी भागरथी भट्टका हत्यारालाई तुरुन्त पक्राउ गरि कारवाही गर्न सरकारसँग माग गरेका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालको सम्युक्त हस्ताक्षर सहितको विज्ञप्ति निकाल्दै किशोरीको विभत्स हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरि कडा भन्दा कडा कानुनी कारवाही गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण जस्तै भट्ट प्रकरणलाई नबनाउन पनि विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ७ (कतोला) चडेपानीस्थित सनातल धर्म माबिमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टको बुधबार बलात्कारपछि हत्या भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस