पौष २३, पाँचथर । आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५, सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटरपूर्व जंगलमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
यही पुस ९ गते मध्यरात श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेपश्चात् फरार रहेका उनी बुधबार गाउँकै जंगलमा झुन्डिएर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयबासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।