• २०८३ बैशाख १९ गते शनिवार

वर्माकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, यांगुन । वर्माकी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाँय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूचीलाई साेमबार चार वर्ष जेल सजाँय सुनाएकाे हाे ।

उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेकाे काेभिड नियम उल्ल‌‍घन गरेकाे अभियाेग लगाइएकाे छ । यसबाहेक उनीविरुद्ध ११ आराेप लगाइएकाे छ । सुकीले आफूमाथि लगाइएका सबै आराेप अस्वीकार गर्दै अ‌ाएकी छिन् ।

फेब्रुवरीमा सेनाले कु गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारकाे नेतृत्व गरेकी थिइन् । निर्वाचनमा व्यापक धाँधली गरेकाे सेनाले आराेप लगाउँदै आएकाे छ । सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न अ‌ाराेपमा मुद्दा लगाउँदै अ‌ाएकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस