असोज २०, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी रहने चार जना मन्त्रीको टुंगो लगाएको हो ।

माओवादीबाट देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको हो । यसअघि माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सरकारमा सहभागी भएका छन् । बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चाररचारवटा मन्त्रालय लिने सहमति भएको थियो ।