• २०८३ बैशाख १२ गते शनिवार

सप्तरीको तिरहुबाट हराएका चार बालबालिका फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौं । आईतबारदेखि सप्तरीको तिरहुबाट हराईरहेका चार जना बालबालिकालाई सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ कोशी व्यारेजबाट फेला पारेको हो ।

फेला परेकाहरुमा सोही जिल्लाको तिरहुत गाउँपालिका–३ गोईठी बस्ने अन्दाजी ७ की श्रृष्ठी कुमारी सरदार, ७ वर्षिय कुमारी सरदार, ८ वर्षिया आरोसी सरदार र ६ वर्षिय कृष्ण सरदार छन् ।

उनीहरुलाई गस्तीमा रहेको सुरक्षा फौजले शंका लागि सोधपुछ गर्दा आफ्नो घर ठेगाना तथा कहाँ केको लागि जान हिडेको भन्ने समेत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको थियो ।

आफुखुशी घरबाट हिडेको र अलपत्र अवस्थामा फेला परेका बालबालिकाहरुलाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा वासिन्दाको रोहबरमा उनीहरुको अभिभावकको जिम्मा लगाई पठाईएको छ । उनीहरुलाई कसैले ललाई फकाई गरेर ल्याएको हुनसक्ने अनुमान गरिएको छ

Sharing

प्रतिक्रिया दिनुहोस