• २०८३ जेष्ठ २० गते बुधवार

चाडपर्व नजिकिएसँगै सरोकारवाला निकायद्धारा अनुुगमनमा चासो

जितेन्द्र थापा पढ्न लाग्ने समय : ३ मिनेट

असोज २१, सुर्खेत । चाडपर्व नजिकिएसँगै अखाद्य बस्तुु विक्रिवितरण र कालोवजारी हुने हुँदा त्यस्को नियन्तणका लागि भएपछि जिल्ला स्थित विभिन्न सरोकारवाला निकायद्धारा अनुुगमनमा चासो दिन थालिएको छ । चाडपर्व नजिकिएसँगै व्यापारिहरुले म्याद गुुर्जेका अखाद्य बस्तुविक्रि वितरण हुने र ग्राहकहरु ठगिने भएकाले अनुुगमनलाई तिब्रता दिएको सरोकारवाला निकायले बताएका छन् ।

चाडपर्व नजिकिएसँगै उपभोक्ता ठगिने र व्यवसायिले अखाद्य बस्तु विक्रिवितरण गर्ने भएकाले सुर्खेत स्थित विभिन्न सरोकार निकायसँग छलफल गरि अनुुगमनलाई निरन्तरता दिने उद्योग बाणिज्य महासंघ सुर्खेका अध्यक्ष धन बहादुर रावतले जानकारी दिए । उनका अनुसार अनुुगमन कालोबजारी नहुनदिन र अखाद्य बस्तु विक्रि नहुनदिनको लागि प्रत्येक दिन बजार अनुुगमन सक्रियतालाई बढाएको छ,’उनले भने,‘ंबजार अनुुगमनमा स्थानीय सरकार नजिक भएकाले स्थानीय सरकारले गर्दा अझ प्रभावकारी हुन्थ्यो ।’

चाडपर्व नजिकिएसँगै बजारमा सामान किन्नेको उत्तिकै भिडभाड हुने अखाद्य बस्तुहरु छ्यापछयाप्ती भेटीन्छन् । ग्राहकहरु सामान किन्न पसल पुुग्छन् कहि मुल्यसची राखिएको हुँदैन कतै चर्को मुल्यमा किन्न बाध्य भइरहन्छन् । यस्को नियन्तणका लागि अनुुगमन तिब्र पारिएको र त्यस्तो भेटिए कार्वाही समेत गरिसकेको खाद्य प्रविधि तथा गुण नियन्तण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । खाद्य प्रविधि ओझेलमा रहेको र गुणमात्र हाइलाईट गर्ने गरिएको खाद्य प्रविधि तथा गुण नियन्तण डिभिजन कार्यालयका प्रमुख एवम सुचना अधिकारी भेष बहादुर थापाले बताए । चाडपर्वका बेला विभिनन कुरामा ठगिने धेरै हुने भएकाले यस्मा ग्राहकहरु पनि सचेत हुन सकिन्छ । अर्को खुल्ला बस्तु गरिद गर्दा आखाले हेरेर मात्र खरिद गर्नुपर्छ । कुनै खाद्य पदार्थ खरिद गर्दा खुल्ला ठाउँमा राम्ररी हेरेर खरिद गरे मात्र अखाद्य बस्तु खरिद र ठगिनबाट बच्न र उपभोक्ताको हकहित सुरक्षित हुन्छ ।’

कुनै पनि बस्तुसस्तो पायौ भनेर नगकिन्न पनि उपभोक्तलाई थापाले आग्रह गरे । उनले भने,‘कुनै पनि बस्तु खरिद गर्दा घुमिफिरी आएको र सस्तो पायौ भन्नेवित्तिकै अधिकांश ग्राहकको मुख्य समस्या छ,सस्तोमा पाइयो भने त्यस्मा कुनै न कुनै समस्या छ भनेर बुुझ्नुुस । गरिद गर्दा राम्रै मुल्य तिर्नुस राम्रै सामान किन्नुस ठगिनबाट जोगिन सकिन्छ ।’ सुर्खेतमाा पेय पदार्थ पानी,तेल र दुध गरिद गर्दा विशेष ध्यान दिन ग्रहकलाई आग्रह गरेका छन् । नेपाल सरकारले दुध दहीको लागि निर्देशिका जारी गरेको छ । उत्पादन कर्ताले डेरी व्यावसायले के के गर्ने भनेर तोकेको छ,तर त्यो कसैले लागु नगर्ने डेरी उद्योगलाई कार्वाही समेत गरिएको थापाले बताए । उपभोक्ताले सामान खरिद गर्दा पसलको मुल्यसुचि हेर्नुस,कहिले उत्पादन भएकोे कुन कम्पनीद्धारा उत्पादन भएको हो,’उनले भने, ‘ यि कुराहरुमा उपभोत्रक्ताले ध्यान दिने हो भने ९० प्रतिशत उपभोक्ताको अधिकार सुनिश्चित हुन्छ ।’

दशै लगत्तै कपडा,भाडापसलको लागि छलफल हुने र त्यसमा पाँच देखि दश प्रतिशत छुट दिने र खाद्य पदार्थमा कस्ले कति सक्छ एक रुर्पैँयादेखि दश प्रति केजी रुपैँयासम्म छुट दिनुहोला भनेर अनुरोध गरिसकेको र रावतको भनाई छ । खाद्य प्रविधि तथा गुण नियन्तण डिभिजन कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा २ वटा चाउमिन उद्योगको कारोवार रोक्का गरिएको छ भने चारवटा उद्योग शिलबन्दी गरिएको २१ वटा उद्योगलाई कार्वाही गरिएको छ । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि अनुुगमनलाई तिब्रता दिएको छ । चाडपपर्वका बेला हुने कालोबजारी,मुल्य वृद्धिका विषयमा अनुुगमन गर्न तिब्रता दिएको प्रशासनले जनाएको छ ।

एकहप्ता अघि बसेको सरोकारवाला निकायसँग गएिको छलफलमा गरिएको साझा अवधारणा अनुसार खरिद अनुसार विक्रि हुने सबै क्षेत्रका व्यवसायले मुल्यसुचि अनिवार्य देखिने ठाउँमा राख्ने,अखाद्य बस्तुु बेच्न नपाइने निती तयार भएको जिल्ला प्रशासन कार्यालय सुुर्खेतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहाक प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतका अनुसार व्यवसायिले मुल्यसुचि नराखेमा,अखाद्य बस्तु विक्रि,र चर्को मुल्यमा सामान विक्रि वितरण भएको पाइएमा हामी ऐन कानुन अनुुसार तुरुन्तै कार्वाही हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस