• २०८३ बैशाख ५ गते शनिवार

देउवाले बोलाए शीर्ष नेतालाई बालुवाटार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, २१ काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

बैठक बिहान साढे ८ बजे  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालासहितका नेताहरू सहभागी हुनेछन्।

सभापति देउवाले हतारमा निर्वाचन निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ।

निर्वाचन निर्देशिकामा प्रतिनिधित्व बढाउनको लागि नेताहरु फर्मूल्ला मन्सुर, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्लुल सतार, जीवन परियारसहितका नेताहरुले देउवालाई भेटेर लबिङ गरेका थिए। निर्वाचन निर्देशिकामा असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा नै दिएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस