• २०८३ जेष्ठ २ गते शनिवार

विभिन्न स्थानबाट तीनजना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौँ । झापा, काठमाडौँ र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार झापाको भद्रपुर नगरपालिका–४ बस्ने ५२ वर्षीया धनकुमारी बिष्ट सोही नगरपालिका–२ स्थित खेत धान रोप्न गएकोमा मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै काठमाडौँ महानरगपलिका–२५, असन कोथुननीस्थित गुठीको घरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । यता संखुवासभाको सभापोखरी गाउँपालिका–१, सादीस्थित सभाखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । मृतक तीनजनाकै उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस