• २०८३ कार्तिक १ गते शनिवार

मुख्यमन्त्री राउतले गरे चार मन्त्रीलाई बर्खास्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २३, धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर समूहबाट मन्त्री बनेका चार जनालाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री राउतले आइतबार साँझ जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका हुन् ।

यसअघि जनता समाजवादी पार्टीले आजै प्रदेश २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो । प्रदेश २ मा तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका २५ सांसद छन् । तालमेल गरी चुनाव लडेका यी दुईले समाजवादीका नेता राउतको नेतृत्वमा प्रदेश सरकार बनाएका थिए । गत वर्ष पार्टी मिलेर एक भएपछि एकीकृत पार्टीको संसदीय दलको नेता चयन भएको थिएन । ५५ सांसद मध्ये ३६ सांसद राउतको पक्षमा छन्।

Sharing

प्रतिक्रिया दिनुहोस