फागुन २२, काठमाडौं । नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतम नेपाल कम्युनिष्ट पार्टीको शनिबार बस्ने संसदीय दलको बैठकमा नजाने भएका छन्। नेकपा दुई कित्तामा विभाजित भएकोले कुनै पनि नेकपामा नलाग्ने अडान उपाध्यक्ष गौतमको रहेको छ ।

शुक्रबार प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले गौतम निवास पुगेर बैठकमा आउन आग्रह गरे पनि उनी बैठकमा नजाने बताइएको छ । शनिबार ओली समूहको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने समय तय गरिएको छ ।