वैशाख २७, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले आफुहरु तटस्थ रहेको बताइक हुन ।

मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो । प्रतिनिधिसभा सदस्य रेशम चौधरी जेलमा रहेको, प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि तारेखमा रहेको भन्दै ठाकुरले विश्वासको मत दिन नसक्ने बताए ।