वैशाख २०, काठमाडौं । युएईले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजमा ओमानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा युएईले ओमानलाई ५४ रनको फराकिलो अन्तर्गतले पराजित गरेको हो ।

युएईले दिएको ३०९ रनको लक्ष्य पछाएको ओमानले निर्धारित ४७ ओभरमा अल आउट हुदै २५४ रन बनाएको थियो । ओमानका लागि जितेन रामानन्दीले अविजित ९१ रन बनाए भने हमाद मिर्जाले ८३ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको युएईले ४७ ओभरमा ८ विकेट गुमाएर ३०८ रन बनाएको थियो । युएईका लागि हरर्प्रित सिंहले ७७, मुहमद शहदादले ७४, अडीब उस्मानीले ७२ र अर्यांश शर्माले ५० रन बनाएका थिए ।
यो जितपछि युएईको २४ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पुछारमा रहेको छ । त्यस्तै ओमानको २७ खेलमा ३१ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।
अब सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल मंगलबार हुदैछ ।