माघ २४, काठमाडौं । प्रथम महिला श्रीमती राधिका शाक्यको प्रमुख आतिथ्यमा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राङगणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल र घुन्सा फाउण्डेसनको संयुक्त आयोजना तथा पठाओ नेपाल प्रा.लि. र विपन्नको लागि स्वास्थ्य नेपाल सहकारीको सहकार्यमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रथम महिला श्रीमती राधिका शाक्यले रक्तदान गर्ने महानुभावहरुलाई प्रशंसापत्र प्रदान गर्दै नेपाल प्रहरी अस्पतालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । कोभिड-१९ का कारणले रक्तदानका कार्यक्रम नहुँदा धेरै अस्पतालहरूमा रगतको अभाव भएको र यस कार्यक्रमले थोरै भएपनि राहत प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो । नेपालको भविष्य युवाहरूको काधमा रहेको र युवाहरू मानव सेवाका लागि रक्तदान कार्यक्रम मार्फत् सामाजिक कार्यमा सक्रियताका साथ लाग्नु प्रशंसनीय रहेको उहाँले बताउनुभयो