माघ २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ फेरी पक्राउ परेका छन । उनलाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएपनि प्रहरीले फेरी उनलाई पक्राउ गरेको हो ।

धमेन्द्र पत्नी हिमा बास्तोलाले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्च अदालतले उनलाई बिहिबार छाड्न आदेश गरेको थियो । सर्वेच्चका रजिष्टार र बारका अध्यक्षको रोहबरमा छुटेका उनलाई बिहिबार पुनः पक्राउ गरेर प्रहरीले महानगरीय प्रहरी वृत कमलपोखरीको हिरासतमा थुनेको थियो । शुक्रवार जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न आदेश दिएपछि प्रहरीले फेरी उनलाई पक्रेको छ । बास्तोलालाई अहिले महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरातसमा राखिएको छ ।
पुराना मुद्दा बाँकी रहेकाले उनलाई फेरी पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले बताए । उनले भने–‘महाराजगञ्ज क्षेत्रमा भएको विष्फोटको घटमा संलग्नता बारे अनुसन्धान % 4इरहेको छ ।’
पुस २९ मा प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सिमानाबाट पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई नख्खु स्थित एनसेल मुख्यालय अगाडी गराएको बम विष्फोट तथा ज्यानमुद्धा अगाडि बढाएको थियो । बसुन्धारा स्थित वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा ०७६ फागुन २४ मा भएको विष्फोटको घटनामा बास्तोला संलग्न रहेको प्रहरीको दाबी छ । अदालतबाट उनिविरुद्ध म्याद जारी भएको छ । बास्तोला विप्लव समूहका तेस्रो बरियताका नेता हुन् ।