• २०८३ बैशाख १४ गते सोमवार

मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा दुईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २४, दाङ । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनमध्ये दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा१त ३४४१ नम्बरको ट्रयाक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा६प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण- ५ लौबस्तामा ठक्कर दिदा दंगिशरण गाउँपालिका वडा नं. ३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं। ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरु दुबै जनाको शुक्रबार राति उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । थापाले मोटरसाइकल चलाएका थिए भने खड्का पछाडि सवार थिए । सोही मोटरसाइकलमा सवार दंगिशरण-३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल घाइते भएका छन् । उनको पनि कोहलपुरमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस