माघ २४, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले शनिबार मुलुकका विभिन्न ठाउँमा बिजुलीको लाइन अवरूद्ध हुने जनाएको छ । ‘मेन्टिनेन्स सटडाउन’ सेड्युल सार्वजनिक गर्दै प्राधिकरणले शनिबार प्रदेश १ र प्रदेश ५ केही स्थानमा बिजुली लाइन काटिने जानकारी दिएको हो ।
प्राधिकरणद्वारा जारी तालिका अनुसार प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रको बागेश्वरी फिडर र एयरपोर्ट फिडरमा पनि क्रमशः दिउँसो १२ः३० देखि ४ः३० सम्म तथा ११ बजेदेखि १२ः३० बजेसम्म बिजुली काटिनेछ । यसबाट नेपालगन्जका न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारा लगायतका स्थान र सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत स्थानमा बिजुली जानेछ ।
यस्तै प्रदेश १ को धरान वितरण केन्द्रको धरान फीडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत कटौती हुनेछ । यसबाट धरानका वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा आज दिनभरजसो बिजुली जानेछ । प्रदेश १ कै धरानका वितरण केन्द्रको पानमारा र लोकल चतरा फिडरमा पनि बिहान ८ बजेदेखि ४ बजेसम्म लाइन काटिन% 0 जनाइएको छ ।
