• २०८३ कार्तिक ११ गते मङ्गलवार

चितवनलाई पहिलो सफलता, ४० रनमा विराटनगरको पहिलो विकेट पतन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १०, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले पहिलो विकेट लिएको छ। विराटनगर किङ्सले ४.२ ओभरमा ४० रन जोड्दा पहिलो विकेट गुमाएको हो।

चितवनका बलर रञ्जीत कुमारले विराटनगरका ओपनर लोकेश बमलाई आउट गरेका हुन्। आउट हुनुअघि लोकेशले १३ बलमा एक छक्का र तीन चौकाको मद्दतमा २६ रन जोडेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस