पुस २२, मोरङ । मोरङको लेटाङ नगरपालिका २ चिसाङ पुल छेउबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती लेटाङ नगरपालिका बिकेन राई, शिसिर घिमिरे, राज कुमार लिम्बु र अनु राईलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागुऔषध फेनारामाईन २० ट्याब्लेट, फेनारागन २० ट्याब्लेट, लुपिजेसीक २० एम्पुल र डाईजेल्याव १९ एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।