• २०८३ बैशाख ३ गते बिहिवार

हुम्लामा हिमपातपछि जनजीवन कष्टकर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, सिमकोट। हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।

आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ । हुम्लाकोे तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो । समुद्री सतहदेखि करिब एक हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ । चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन् । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्दछन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढ्दै गएपछि हुम्लाको उत्तरी क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयवासीले बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस