• २०८३ असार २ गते मङ्गलवार

सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसाद तामाङ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं ।  सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसाद  इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ।​ तामाङविरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको थियो।

उनलाई सोमबार काठमाडौंको सुन्धाराबाट पक्राउ गरिएको सीआइबीले जनाएको छ।  सिभिल सहकारीबाट तामाङले ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका हुन्। ठगी गरेको उजुरी परेपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको ब्यूरो प्रमुख डीआईजी धिरज प्रताप सिंहले जानकारी दिए।

तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन्। तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको हो।

तामाङले तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको अभियोग लागेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस