जेष्ठ २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका पाँच हजार ४२ सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८५ हजार १०० पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा आठ हजार २४३३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म चार लाख ८४ हजार ३७३ जना सङ्क्रमित निको भएका हुन् । पहालसम्म ३१ लाख ३२ हजार ५९१ नमूनाको आरटीपीसीआर परीषण गरिएको छ ।
पछिल्लो चौबीस घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ७९९ जनाले ज्यान गुमाएका छन् ।