फागुन २१, सुनसरी । धरान उपमहानगरपालिका-५ देविगाउँबाट १ किलो २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर हतुवागढी गाउँपालिका-९ बस्ने २४ वर्षीय आकाश खड्का र सोही ठाउँ बस्ने ३१ वर्षीय टिका राम कार्की रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।