जेठ २८, सुनसरी । बराहक्षेत्र नगरपालिका-२ रेललाईन बस्ने २५ वर्षीय एसुब राना मगर र सोही ठाउँ बस्ने २५ वर्षीय सागर मगरलाई ३ थान भरुवा बन्दुक, अन्दाजी १ सय ग्राम बारुद, १ वटा हरिणको टाउको, सिंग र करिब १२ केजी मासु सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले सोही ठाउँ बस्ने २५ वर्षीय निरज घिमिरेको घरमा जंगली जनावर हरिण मारी ल्याई मासु काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको उक्त हतियार तथा मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार निरज घिमिरेको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।