माघ २३, काठमाडौँ। काठमाडौँ महानगरपालिका–२२, खिचापोखरीबाट स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौंको ताकेश्वर नगरपालिका–७ की ३० वर्षीया शान्ति घिमिरे र भक्तपुरको चाँगुनारायण नगरपालिका १ की ३१ वर्षीया दुर्गा चौलागाईंलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहरभवन, ललितपुरमा पठाइएको छ ।