• २०८३ बैशाख ९ गते बुधवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाडौँ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्ण भिरमा टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । प्रदेश नम्बर ३–०१ ००६ ख ०८०६ नम्बरको टिपरको ठक्करबाट ८६ वर्षका चन्द्रप्रसाद कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई इलाका प्रहरी कार्यालय बेनिघाटले पक्राउ गरेको छ ।

यस्तै, चितवन भरतपुर महानगरपालिका-३ लाइन्सचोकमा पनि टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-४ का ३२ वर्षका पिताम्बर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना १ क ९९२३ नम्बरको टिपरले भण्डारी र उनकी श्रीमती कल्पनालाई ठक्कर एको थियो । गम्भीर घाइते भएका भण्डारीको भरतपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ भने श्रीमती कल्पनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस