साउन २०, कास्की । प्रहरीले कागजपत्र नभएको मोटरसाइकल सहित १ जनालाई पक्राउ गरेको छ ।कागजपत्र नभएको लु.३८ प ८७५६ नम्बरको मोटरसाइकल सहित पोखरा महानगरपालिका-२७ प्रगतीटोल ठेगाना भएका २९ वर्षीय नारायण थिङलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
चोरीका मोटरसाइकलहरुको प्रयोग बढेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले थिङले विना कागजपत्र चलाई ल्याएको उक्त मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।