• २०८३ बैशाख ७ गते सोमवार

अध्यक्ष ओलीद्वारा सुदूरपश्चिम संसदीय दलका नेता शाहसँग स्पष्टीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २१, काठमाडौं । पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गर्नुभएका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुभएको छ । अध्यक्ष ओलीले शाहलाई ४८ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।

पार्टी स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गर्दासमेत प्रदेश संसदीय दलले पार्टीको निर्देशन विपरीत निर्णय गरी अघि बढेको जनाई कारवाही प्रक्रिया थालेको बताइएको छ । एमाले केन्द्रीय सदस्य शाहलाई अध्यक्ष ओलीले एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको विधानसमेतका आधारमा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्काशन नगर्ने भनी चित्तबुझ्दो जवाफ माग गर्नुभएको छ । शाहलाई गुटका भेलामा सहभागी हुने र अरूलाई समेत सहभागी हुन उत्प्रेरित गर्ने गरेको आरोप पनि लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस