• २०८३ बैशाख १९ गते शनिवार

कोरोनाबाट धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, धादिङ । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो ।

पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको हो । उनि विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस