• २०८३ जेष्ठ १ गते शुक्रवार

प्युठानमा जीप दुर्घटना : १ को मृत्यु, २ जना घाइते

राम बहादुर बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, प्युठान। प्युठान नगरपालिका-८ दम्तीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । खाद्यान्न पुर्याएर बहाने बजारबाट बाग्दुला तर्फ फर्कदै गरेको लु २ च ६७८१ नम्बरको जीप मंगलबार बेलुकी अन्दाजी साढे ६ बजेको समयमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवी प्रसाद गैरेका अनुसार जीप दुर्घटनामा प्युठान नगरपालिका-८ बाग्दुला बस्ने २१ बर्षीया समर कुँवरको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएका छन । उनका अनुसार दुर्घटनाग्रस्त जीपका चालक गौमुखी-४ पुजाका २३ बर्षीया लोकेन्द्र केसि र गौमुखी-१ अर्खाका १७ बर्षीया कृष्ण सुनार घाईते भएका छन।

उनिहरुको प्युठान जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ। दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस