वैशाख २१, बागलुङ । बागलुङमा मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको छ । कोरोनाका संक्रमित बढ्दै गएपछि बागलुङ उद्योग वाणिज्य संघ र स्थानीय पालिकाको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले निषेधाज्ञा जारी गर्नुभएको हो ।

मंगलबारदेखि वैशाख ३१ गतेसम्म दस दिनका लागि निषेधाज्ञा जारी भएको हो । निषेधाज्ञाको अवधिभर बैंक तथा वित्तीय संस्था दैनिक ११ देखि १ बजेसम्म मात्रै खोल्ने, अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने बताइएको छ । अत्यावश्यक काम पर्ने कार्यालयबाहेक अन्यमा सेवा बन्द गर्न प्रशासनले आग्रह गरेको छ ।
https://khabar24nepal.com/05/04/2021/69835