चैत २२, बाँके । बाँके प्रहरीले ज्वाला सिंहको नाममा २ लाख चन्दा माग्ने ४ जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाँउपालिका वडा नं.५ जुरपानी वस्ने सिताराम थारुलाई विगत १ हप्ता पहिला देखी ज्वाला सिंह समूहको नाम बाट फोन गरि रु.२,००,०००।- रकम चन्दा माग गरेको भन्ने सूचनाको आधारमा बाँके प्रहरीको विशेष टोली परिचान गरि उक्त समूहको खोजलतास तथा निगरानी गर्ने क्रममा आफुलाई ज्वाला सिंह समूह भनि बताउने उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला बाँके राप्तीसोनारी गा.पा.वडा नं.४ सुर्यलालपुर वस्ने वर्ष २४ को विकास चौधरी, वर्ष ४१ मेघनाथ चौधरी, वर्ष ४० भिम बहादुर भण्डारी र जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका वडा नं.१५ घर भई हाल जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ सल्यानी बाघ वस्ने वर्ष २९ ज्योती प्रकाश चौधरी रहेका छन । उनिहरुलाई नेपालगंज उप-महानगरपालिका वडा नं. २२ पुरैनीबाट उनिहरुले लिएको चन्दा रु १०,०००।- सहित चन्दा रकम माग गर्ने प्रयोग गरेको ९८२६५१८९२९ नं. सिम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो।