माघ २२, काठमाडौं । नेकपा केपी ओली समूहले बिहीबार राजधानीमा जुलुस निकालेको छ । प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्तालकै बीच ओली समूहले जुलुस निकालेको हो ।

नेकपा नेता महेश बस्नेतको नेतृत्वको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडिबाट निकालिएको जुलुस पुतलीसडक हुदैं बागबजारसम्म निकालिएको हो । सो क्रममा सहभागीहरुले ‘अघि बढ केपी बा ज्यान दिन तयार छौं, आजको लागि मात्र होइन भोलिलाई १० वर्ष ओलीलाई, नेकपा जिन्दावाद’ आइलभ यु केपी बा लगायतका नारा लगाएका थिए ।


