• २०८३ बैशाख २५ गते शुक्रवार

प्रचण्डले योगेश र घनश्यामलाई मान्छेबाट वन मान्छे र रामकुमारी झाँक्रीलाई वनझाँक्री बनाए : महेश बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौं । नेकपाका युवा नेता महेश बस्नेत रामकुमारी झाँक्री,योगेश भट्टराई र घनश्याम भुषाल बिरुद्ध खनिएका छन्। पुर्व मन्त्री समेत रहेका महेश बस्नेतले प्रचण्डलाई बन मान्छेबाट केपी ओलीले मान्छे बनाउने अभियानमा सफलता हात नपारेपनी प्रचण्डले रामकुमारी झाँक्रीलाई बन झाँक्री र योगेश भट्टराई र घनश्याम भुषाललाई बन मान्छे बनाउन सफलता हात पारे को आरोप लगाएका छन्।

माघ २३ गते नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा दरबारमार्गमा हुने विशाल जना सभाको तयारी स्वरुप आयोजना गरिएको स्वयंसेवकलाई अभिमुखीकरण गर्दै बस्नेतले आक्रोश पोखेका हुन्। उनले प्रचण्ड माधव समुह बिहान हड्तालमा आउदा सिंह झै आएको तर दिन ढल्दै जाँदा म्याँउ म्याँउ गर्दै बिरालो भएको बताएका छन । आज गरिएको आम हड्ताल संवैधानिक निकायको नियुक्तीको विरुद्धमा भनेपनि ओली समुहको मोटरसाइकल र्‍यालीबाट आत्तिएर गरेको बताए ।

उनले आमहड्ताल प्रतिकार गर्नै नपर्ने जनताले स्वयम प्रतिकार गरेको E0ताए । उनले लोकतन्त्रमा शान्तीपुर्ण आन्दोलन गर्न कसैले नरोक्ने बताउर्दै यदि आन्दोलनका लागि जुध्न आएमा प्रचण्ड माधव समुहको हालत ट्रकसँग जुधेको ट्याक्टरको हुने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस