कात्तिक १४, काठमाडौं । आज विश्व शहरीकरण दिवस । प्रत्येक वर्ष अक्टोबर ३१ तारिखका दिन याे दिवसन मनाइन्छ। यस दिवसको सुरुवात सन् १९४९ मा अर्जेन्टिनाका प्राध्यापक कार्लोस मारियाेला मोेटाले ब्युनेर्स आयर्स विश्वविद्यालयमा गरेका थिए। शहरी योजना र यसले समुदायमा पार्ने प्रभावबारे जनचेतना जगाउन यो पहल गरिएको थियो।

यस वर्ष (२०२६) यो दिवस कार्तिक १४ गते (अक्टोबर ३१, २०२६) परेको छ, जसको मुख्य उद्देश्य दिगो सहरीकरणको विकास, सहरी योजनामा चुनौतीहरू र विश्वव्यापी सहरीकरणप्रतिको चासोलाई सम्बोधन गर्नु रहेकाे छ । सन् २०२६ को विश्व सहरीकरण तथा सहर दिवसको मुख्य नारा ‘सहरको पुनरुत्थान: सबैका लागि पर्याप्त आवास’ रहेकाे छ ।
बढ्दो सहरीकरणकाबीच सबै नागरिकका लागि उचित, सुरक्षित र किफायती आवासको व्यवस्था गर्न सहरी क्षेत्रको पुनरुत्थान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु, दिगो विकास: सहरहरूको योजनाबद्ध विकास, पूर्वाधार सुधार, पर्यावरण मैत्री संरचना र बाह्य जलवायु परिवर्तन तथा विपद्का जोखिमहरूसँग जुध्न सक्षम सहरी पूर्वाधार निर्माण गर्नु र सहरीकरणले ल्याएका अवसर र चुनौतीहरू जस्तै: आवासको अभाव, प्रदूषण, र बसाइँसराइको चाप का बारेमा विश्वभरका मानिसहरूलाई सचेत गराउनुलगायत यसका उदेश्य रहेका छन् ।