• २०८३ कार्तिक १५ गते शनिवार

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि कारबाही

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १४, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो ।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने ११, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४० र सिसिटिभी निगरानीमार्फत पहिचान भएका १६ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ७, हर्न निषेधको नियम उल्लङ्घन गर्ने १, सवारीको अवस्था ठीक नभएका ५ सवारीसाधनमाथि कारबाही गरिएको छ।

यसैगरी, अन्य शीर्षकमा २३२ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

May be an image of text

 

Sharing

प्रतिक्रिया दिनुहोस