पुस २०, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० थान गोलीसहित आमा(छोरा पक्राउ परेका छन् । श्री एयरलान्सको उडानबाट झापा जान लागेका मुनादेवी राई उनका छोरा बद्रीहाङ राई पक्राउ परेको प्रहरीले जनाएको छ ।
उडानपूर्व चेक जाँच गर्नेक्रमममा उनीहरुको झोलामा ५० थान गोली फेला परेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरूबाट बरामद भएको गोली ९ एमएमको पेस्तोलमा लाग्ने गोली भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । पक्राउ परेका आमा(छोरा झापा मेचीनगर-२ का स्थायी बासिन्दा रहेको खुलेको छ । बद्रीहाङ राईका बुबा पूर्वप्रहरी रहेको खुलेको छ ।