जेष्ठ १९, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छिन् । आज राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१) बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।
