• २०८३ मङ्सिर ४ गते बिहिवार

मन्त्री रायमाझीले खोलिदिए प्रचण्डले गरेको गम्भीर षडयन्त्रको पोल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०,काठमाडौँ। स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई समिक्षा गरेर अघि बढ्न प्रचण्डलाई सुझाव दिएका छन । नेकपा रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री रायमाझीले ३३ वर्ष आफैँले आफैँलाई टीका लगाएर अध्यक्ष बनेका प्रचण्डको अधोगति शुरु भएको र खाडलमा फसेको ठोकुवा गरेका छन ।

उनले भने, ‘आफ्ना खल्तीबाट केन्द्रीय समिति निकाल्ने, चाकडी गर्नेलाई टिका लगाइदिने, नियुक्ती पनि आफ्नैलाई चाहिने, ‘प्रचण्डलाई अझै कति अध्यक्ष चाहिएको हो । मन्त्री रायमाझीले प्रचण्डको रबैयाकै कारण पार्टीप्रति निष्ठावान विप्लव, बैद्य, बाबुरामहरु बाहिरिएको भन्दै अवको केही समयमै एक्लै हुने ठोकुवा समेत गरेका छन ।

उनले पार्टी प्यालेसमा गएर अध्यक्षको टीका लगाउने माधव नेपालले विधि र प्रक्रियाको कुरा गर्न नसुहाउने बताए । उनले भने, ‘प्रचण्डहरुले अराजतातर्फ धकेल्न लागेको मुलुकलाई प्रधानमन्त्री ओलीले अग्रगामी निर्णय गरेर जनतालाई सुम्पिनु भएको छ । प्रधानमन्त्रीको कदम अग्रगामी हो ।

Sharing

प्रतिक्रिया दिनुहोस