• २०८३ जेष्ठ १९ गते मङ्गलवार

तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्रि तुम्वाहाम्फे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २०, विराटनगर । भुमिव्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री शिवमाया तुम्वाहाम्फेले तोकिएकै मितिमा निर्वाचन हुने वताएकी छन ।  विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्वाहाम्फेले आगामी वैसाखमा निर्वाचन गराउन सरकारले आर्थिकको व्यवस्था देखी सुरक्षा अवस्थालाई थप व्यवस्थित गर्न थालेको वताएकी हुन ।

उनले निर्वाचन आयोगले समेत निर्वाचनका लगाी तयारी शुरु गरिसकेकाले तोकिएको मितिमा निर्वाचन हुुनेमा ढुक्क रहन सवैलाई आग्रह गरेकी छन ।  सरकारलाई आफनै पार्टी भित्रवाट काम गर्न नदिने र सरकारलाई घेरावन्दीमा पार्न खोजेका कारण प्रधानमन्त्रीले वाध्य भएर संसद विघटन गरेको भन्दै अव निर्वाचनले मुुलुकलाई अग्रगामी निकास दिने उनले वताएकी छन । ६० प्रतिसत मत पाएको प्रमुुखदलको सरकारले विधि सम्वद र संविधान सम्वद रुपमा संसद विघटन गरेको दावी गरेकी छन ।

Sharing

प्रतिक्रिया दिनुहोस