• २०८३ बैशाख २ गते बुधवार

अवैध लागूऔषध गाँजा सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, कास्की । पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-८ बस्ने पाल्पा माछागढी गाउँपालिका-१ घर भएका २१ वर्षीय अजय घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस