• २०८३ असार १८ गते बिहिवार

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य थप बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो ।

यस्तै छापावाल सुन १० ग्रामको २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

Sharing

प्रतिक्रिया दिनुहोस