• २०८३ बैशाख १९ गते शनिवार

इन्टरनेट व्यवसायीलाई क्यानको साथ, भन्यो( इन्टरनेटको मूल्य ३०० सम्म बढ्नसक्छ)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७,काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ ९क्यान० ले विरोध जनाएको छ । प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार काटेको छ । देशैभर तार काट्न थालेपछि क्यान महासंघले इन्टरनेट व्यवसायीलाई साथ दिँदै प्राधिकरणको विरोध गरेको हो ।

प्राधिकरणले तार काटेको स्थानमा इन्टरनेट सेवामा अवरुद्ध पुगेको महासंघको भनाई छ । प्राधिकरणले हिजो शनिबारदेखि पोलको भाडा नतिर्ने इन्टरनेट व्यवसायीको तार काट्न थालेको छ । यसको विरोध गर्दै क्यानले प्राधिकरणको पछिल्लो गतिविधिबाट पूर्वाधारको लागत अझ बढन गई इन्टरनेट सेवा प्रवाहमा प्रति ग्राहक ३ सयसम्म शुल्क बढ्ने चेतावनी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस