• २०८३ कार्तिक १ गते शनिवार

काँग्रेस काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौं । नेपाली काँग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान जारी रहेको छ । राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि शुरु भएको हो ।

शनिवार नै मतदान गर्ने भनिएपनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन । नेपाली काँग्रेस काठमाडौं महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदान समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस