• २०८३ असार १० गते बुधवार

राष्ट्रिय युवा संघ नेपालको टोखा नगर कमिटी गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव ईश्वर पोखरेलको उपस्थितीमा टोखा नगर कमिटी र वडा कमिटी निर्माण भएको छ । अमर डंगोलको अध्यक्षतामा नगर कमिटी ५१ सदस्यीय र नगरको ११ वटै वडामा राष्ट्रिय युवा संघ नेपाल कमिटी गठन गरिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव पोखरेलले आउँदो निर्वाचनमा नेकपा एमालेलाई पहिलो नम्बरको पार्टी बनाउन सबै एक जुट्नुपर्ने बताउदैं’ पार्टीमा दुई धार देखिए पनि त्यसको प्रभाव पर्न दिनु हुँदैन भन्दै ‘एमालेलाई माया गर्ने साथीहरु लगनशील बनेर आउँदो चुनावपछि पार्टीलाई एक नम्बरको बनाउन लाग्नु अनुरोध गर्नु भएको छ । उहाँले केहि चोइटिदैमा आउँदो निर्वाचनमा पार्टीलाई केही फरक नपर्ने बताउनुभएको छ ।

कार्यक्रममा संघका राष्ट्रिय संयोजक किरण पौडेल तथा प्रदेश इन्चार्ज अमित लामाको पनि उपस्थिति थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस