• २०८३ बैशाख ९ गते बुधवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७७० ग्राम सुनसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, १८ काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७७० ग्राम सुनसहित दुईजना पक्राउ परेका छन्।

प्रहरीका अनुसार डोल्पाको ठूलो भेरी नगरपालिका-७ का ३३ वर्षीय बिष्णुबहादुर शाही र स्याङ्जाको पुतली बजारका ३८ वर्षीय भूपेन्द्र पौडेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाइटमा लुकाई ल्याएको सुनसहित पक्राउ गरेको हो। साथै‚ पौडैललाई सुन लिन पुगेका बेला पक्राउ गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस