• २०८३ बैशाख १८ गते शुक्रवार

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड र नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता भएको हो । उनीहरुबीच बिहान ९ देखि १० बजेसम्म करिब एक घण्टा छलफल भएको थियो ।


दुई नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । छलफलको विषयवस्तुबारे भने खुलाइएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस