जेठ २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने सोही नगरपालिका-१ सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट बुधबार साँझ मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका-८ बाग्मती करिडोर सडकमा खोटाङ घर बताउने २५ वर्षीय सुनिल राईले कुटपिट गर्दा राजु गम्भीर घाइते भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट माकलवारी र महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शंखरापुर अस्पताल नारायणटार पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न सुनिललाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।