• २०८३ बैशाख ९ गते बुधवार

उपत्यकामा सक्रिय कारोना संक्रमितको संख्या २४ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौँ। काठमाडौँ उपत्यकामा कोरोना सक्रिय संक्रमितको संख्या २४ हजार ६४६ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौँमा १४ हजार ८७ सक्रिय संक्रमित रहेको छ । ललितपुरमा ६ हजार २३५ र भक्तपुरमा ४ हजार ३२४ सक्रिय संक्रमित रहेको छ ।

त्यस्तै हालसम्म काठमाडौँ उपत्यकामा २ हजार ४१७ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १ हजार ६४०, ललितपुरमा ४४९ र भक्तपुरमा ३२८ संक्रमितको मृत्यु भएको हो । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै हालसम्म २ लाख ४४ हजार ४८३ जनामा कोरोना संक्रमण भइसकेको छ ।

तथ्यांक अनुसार काठमाडौँमा १ लाख ९० हजार २५७, ललितपुरमा ३३ हजार ९२१ र भक्तपुरमा २० हजार ३०५ जनामा कोरोना संक्रमण भइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस