माघ २१, काठमाडौँ। आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ६ सयले घटेर सुन प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले घटेर तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।